कास्कीको मादीमा गोरु काटेको आरोपमा ४ जना पक्राउ
काठमाडाैं | माघ ७, २०७९
कास्की: इलाका प्रहरी कार्यालय हंसपुर (डाडाँकोनाक) कास्की टोलीले गोरु काटेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका ५ स्थित बयारघारीमा गोरु काटेको आरोपमा पोखरा महानगरपालिका १३ स्थित ढिवाली टोल बस्ने ४२ वर्षिय शम्भू नेपाली, २५ वर्षिय सुवास नेपाली, मादी गाउँपालिका ५ का १८ वर्षिय अमृत विक र स्याङ्जा घर भई हाल मादी ५ बयारघारी बस्ने ३९ वर्षिय राम नेपाली रहेका छन् ।
उनीहरुलाई गत बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले बताए ।
‘हामीलाई गोरु काटेको भन्ने सुचना आएपछि घटना स्थलमा पुगेर मुचुल्का गर्नेदेखि साक्षीहरुसँग पनि बुझ्ने काम गर्यौ र पछि आरोपीहरुले पनि कसुर स्वीकार गरेपछि नियन्त्रणमा लिएका थियौ’, डिएसपी दाहालले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले कानून वर्खिलाप कसुर गरेको ठहरिएपछि ४ जनालाई पक्राउ गरेर मुद्धा दर्ता भइसकेको अवस्था छ र त्यो घटनामा अरुपनि संलग्न भए नभएको बारे पनि थप अनुसन्धान गर्दै छौं ।’
डिएसपी दाहालका अनुसार उनीहरुलाई गौ वध ऐन तथापशुपंक्षी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

